Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कैलालीमा कांग्रेसका वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

कैलाली । कैलालीमा नेपाली काँग्रेसका वडा सभापतिसहित ९१ जनाले सामूहिक राजीनामा दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा कैलालीमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउदै उनीहरुले राजीनामा दिएका हुन्।

कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशिल सदस्यहरुले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका छन्।

‘विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटिका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशिल सदस्यबाट राजीनामा दिदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077