Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा वडाध्यक्षबाट सचिव कुटिए

काठमाडौं । सर्लाहीमा वडाध्यक्षले एक सचिवलाई कुटपिट गरेका छन् । बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् ।

वडाध्यक्षको कुटपिटबाट वडासचिवको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा १६ वटा टाँका लगाइएको छ ।

वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसमान बरबुझारथ गरेका मण्डलले ल्याएको भर्पाइमा सही गर्न नमानेका कारण आफूलाई कुटेको पण्डिले बताए । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए ।

वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितको सुरुमा स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077