Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मेयर बन्न मन्त्रीले दिए राजीनामा

    मेयर बन्न मन्त्रीले दिए राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 1.4K
    SHARES

    जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार बन्न मधेश प्रदेशका एक मन्त्रीले राजीनामा दिएका छन्। मधेश प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिएका हुन् । मन्त्री यादवसँगै प्रदेश सांसदहरु शेख अबुल कलाम आजादले राजीनामा बुझाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

    शुक्रबार नै दुबै जनाले प्रदेशसभा सचिवालयमा आ–आफ्नो राजीनामा बुझाएको प्रदेशसभाका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए।



    तत्कालीन नेकपा एमालेबाट मन्त्री बनेका यादव सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित भएका थिए भने स्वतन्त्रबाट आजाद रौतहट निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट विजयी भएका थिए।



    मन्त्री पदबाट समेत राजीनामा दिन कागजी प्रक्रिया पूरा गरिरहेको मन्त्री यादवले बताए। उनी सिरहा नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन्। नेकपा एकीकृत समाजवादी पार्टीबाट उनी मेयरका लागि सिफारिस भएका हुन्।

    त्यसैगरी सांसद अजाद स्वतन्त्र निर्वाचित भएपनि पछि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए। उनी गढीमाई नगरपालिकाबाट मेयर उठ्ने तयारीमा छन्। जसपाले उनलाई मेयरका लागि सिफारिस गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार