Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सार्वजनिक स्थानमा भएको दलको झण्डा निकाल्नोस् : निर्वाचन आयोग

    सार्वजनिक स्थानमा भएको दलको झण्डा निकाल्नोस् : निर्वाचन आयोग

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ ।

    आयोगले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आचार संहिता पालना गर्न आग्रह गरेको हो । सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए ।



    उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह गरे । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।



    साथै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री प्रयोग गरे कारवाहीमा पर्ने आयोगको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार