Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दलको झण्डा वा चिन्ह भएको भेष्ट, टोपी, गम्छा लगाए वा झोला बोके कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

    दलको झण्डा वा चिन्ह भएको भेष्ट, टोपी, गम्छा लगाए वा झोला बोके कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ ।

    आयोगले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आचार संहिता पालना गर्न आग्रह गरेको हो । आयोगले आचार संहिताको पालना गर्दै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री प्रयोग गरे कारवाहीमा पर्ने आयोगको भनाई छ ।



    सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए ।



    उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह गरे । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार