Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गठबन्धन छाडेको जसपाले धनगढीका लागि टुंगायो उम्मेदवार

धनगढी । सुदूरपश्चिममा सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले धनगढी उपमहानगरपालिकामा उम्मेदवारी घोषणा गरेका छ।

शनिबार पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी घोषणा गरेको हो। जसपाले धनगढीको मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको छ।

जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट २६ चैतमा बाहिरिने घोषणा गरेका थियो ।

जसपा सुदूरपश्चिम सांसद मालमती रानाका अनुसार जसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेल नगरेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077