Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुस अन्य देशमा पनि हमला गर्न चाहन्छ, युक्रेनमाथि युद्धको सुरुवात मात्रै हो : जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले दक्षिण यूक्रेनलाई आफ्नो नियन्त्रणमा लिन चाहेको दाबी गरेका छन् ।

उनले एक रुसी कमान्डरको टिप्पणी सही हो भन्नेतर्फ वक्तव्य जारी गरेका छन् । रुस यूक्रेनको दक्षिण क्षेत्रलाई नियन्त्रणमा लिएपछि मोल्दोभा लगायतका क्षेत्रमा पुग्न चाहन्छ।

जेलेस्कीका अनुसार रुस अन्य देशमा पनि हमला गर्न चाहन्छ, युक्रेनमाथि रुसको हमला युद्धको सुरुवात मात्रै हो।

‘रुसका अधिकारीको वक्तव्यले मैले बारम्बार भन्ने गरेको कुरालाई पुष्टि गर्छ। यूक्रेनमाथि रुसको आक्रमण शुरुवात मात्र हो।

रुस अन्य देशलाई पनि आफ्नो नियन्त्रणमा लिन चाहन्छ’, अबेर रात सम्बोधन गर्दै उनले भने, ‘यसका कुनै शंका छैन, रुसी संघको यो महत्त्वाकांक्षालाई तोड्नको लागि जबसम्म आवश्यक छ, तबसम्म हामी लड्छौँ, तर हामी जस्ता सबै देश जो मृत्युभन्दा जीवनलाई जीतको रूपमा विश्वास गर्छन्, उनीहरूले हामीलाई साथ दिन आवश्यक छ। उनीहरूले हामीलाई सहयोग गर्न आवश्यक छ, किनभने हामी यो बाटोमा पहिलो पंक्तिमा छौँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077