Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१६औं लोकतन्त्र दिवस आज, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं । आज १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण मार्गमा ल्याउने तथा राजतन्त्र अन्त्य गरी जनतामा केन्द्रित शासनव्यवस्था ल्याउने आधारका रूपमा रहेको उक्त आन्दोलन नेपालको राजनीति यात्रामा महत्त्वपूर्ण मानिन्छ।

तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई गरिएको सो आन्दोलनको जगमै नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा घोषणा गरिएको थियो।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते संसद विघटित गरेर २०६३ बैसाख ११ गते पुनर्स्थापना गरेका थिए।७ दल र सशस्त्र युद्धरत माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन भएको थियो।

आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा राज ज्ञानेन्द्रले ०६३ बैशाख ११ गते राति संसद पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए। २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गरेको थियो।

बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्तावसमेत पारित गरेको थियो। २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077