Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • काठमाडौं र पाेखरामा दुई/ दुई जनाले गरे मेयरमा मनोनयन दर्ता

    काठमाडौं र पाेखरामा दुई/ दुई जनाले गरे मेयरमा मनोनयन दर्ता

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् ।

    राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्मेदवारी नराम्रा उम्मेदवारलाई हराउन र राम्रालाई जिताउन मात्र भएको बताएका छन् ।



    उनीपछि स्वतन्त्रतर्फबाट राजन कार्कीले मेयर पदमा मनोनयन दर्ता गराएका छन् ।



    यस्तै, पोखरा महानगरपालिकाको मेयर पदमा गणेश पौडेलको पनि मनोनयन दर्ता भएको छ । उनी ‘अटेरी अभियान’मा आबद्ध छन् । पाैडेल लेखक तथा स्तम्भकार पनि हुन् । मेयरमा विमलराज कार्कीले पनि मनाेनयन दर्ता गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार