Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिकटको लागि विवाद हुँदा जसपामा कुटाकुट, १० जना घाइते

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)मा वैशाख ३० गते हुने स्थानीय तहको चुनावको टिकटका लागि कुटाकुट भएको छ ।

आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि नेता तथा कार्यकर्ताबीच कुटाकुट भएको हो ।

कुटाकुटमा १० जना नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।

स्रोतले दिएको जानकारी अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरि र शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकहरुले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए ।

मधेश प्रदेश भरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुग्नका लागि बिहानदेखि बसेको बैठक स्थलमा आएर आकांक्षी उम्मेदवारहरूले टिकटका लागि नेताहरुलाई दबाब दिँदै आएका थिए ।

तर नेताहरुले उनीहरुलाई टिकट नदिई अरुलाई दिएको भन्दै आक्रोशित कार्यकर्ताहरूको भिडले बैठकमा बसेका संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव र गजाधर रोहिता यादव लगायतका शीर्ष नेताहरुको समेत उपस्थितिमा भइरहेको बैठकमा कुटपिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077