Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १८ करोड कर छली गर्ने पाँच व्यापारीविरुद्ध मुद्धा दायर

    १८ करोड कर छली गर्ने पाँच व्यापारीविरुद्ध मुद्धा दायर

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नक्कली बिल बनाएर १८ करोड कर छली गर्ने पाँच व्यापारीविरुद्ध मुद्धा दायर भएको छ ।

    राजश्व अनुसन्धान विभागले शुभलक्ष्मी इन्टरनेशनलका सञ्चालक मनिष कुमार अग्रवाल, एचबिट्रेड एण्ड सप्लायर्सका हितेश कुमार अग्रवाल, विमल अग्रवाल, एमके इन्टरनेशनलका प्रमिल महर्जन, तथा गणपति ट्रेड लिंकका दिपेन्द्र कुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो ।



    उनीहरुविरुद्ध ३६ करोड ११ लाख ३७ हजार दुई सय ८७ रुपैयाँ असुलको माग गरिएको छ ।



    शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरीप्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार