Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विमानस्थलबाट सात किलो सेतो हेरोइन सहित दुई विदेशी पक्राउ

    विमानस्थलबाट सात किलो सेतो हेरोइन सहित दुई विदेशी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रहरीले लागुऔषध (सात किलो सेतो हेरोइन) सहित दुई विदेशीलाई पक्राउ गरेको छ ।

    नेपाललाई ट्रान्जिट बनाइ लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।



    वैशाख पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेशवर्गबाट कतारको दोहो हुँदै काठमाडौँ आएका जिम्बावेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेट जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनले सुटकेसमा फल्स बटम बनाइ लुकाएर ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको थियो ।



    उक्त लागुऔषध लिन आएका भारतका ललनुन्पुइलाई पनि पक्राउ गरिएको जनाइएको छ । दुबैलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उक्त लागूऔषधको बजार मूल्य रु १४ करोड रहेको व्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार