Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • हुलाकबाट समेत लागूऔषध तस्करी, १४ करोडको सेतो हेरोईन ल्याउने दुई विदेशी यसरी परे फन्दामा

    हुलाकबाट समेत लागूऔषध तस्करी, १४ करोडको सेतो हेरोईन ल्याउने दुई विदेशी यसरी परे फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ७ किलो सेतो हेरोईनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    ब्यूरोले आज पत्रकार सम्मेलन गर्दै ७ किलो लागूऔषध सेतो हेरोईनसहित पक्राउ परेका विदेशी नागरिकलाई सार्वजनिक गरेको हो ।



    गत वैशाख ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिकाको जोहान्नसवर्गबाट दोहा हुँदै काठमाडौं आएकी ३५ वर्षिया जेम्बियन नागरिक कपुतुला अभिषरागलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनले ल्याएको सुटकेसभित्र फ्लस बटम बनाइ लुकाएर ल्याएको अवस्थामा ७ किलो लागूऔषध सेतो हेराईन प्रहरीले बरामद गरेको थियो ।



    त्यस्तै उक्त लागूऔषध लिन आएकी केइफाङ्ग मिजोराम ठेगाना भएकी ३५ वर्षिया भारतीय नागरिक लालनुनपुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

    हेराईनको कारोबारमा संलग्न दुवै महिलालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार बरामद भएको ७ केजी सेतो हिरोइनको बजार मूल्य अन्दाजी १४ करोड रहेको जनाएको छ ।

    लागूऔषध ब्यूरोले हुलाकबाट आउने गरेका सामानहरुमा समेत लागूऔषध भित्रिन थालेको बताए । ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठले गत वर्षको फागुन ११ गते हुलाक कार्यालय डिल्लीबजार काठमाडौं इएमएस शाखामा बेलायतबाट पठाएको कार्टुन बक्समा ४.४१८ केजी तौल बराबरको साना चकलेटहरु रहेको र चकेलटमा गाँजा तथा चरेशहरु पाइएको बताए । उनले त्यसलाई बरामद गरी कन्ट्रोल डेलिभरी गर्ने क्रममा पर्साका २२ वर्षीय राज शिखर गुप्तालाई पक्राउ गरिएको बताए ।

    अनुसन्धानमा जर्मनबाट पठाइएको अर्को कार्टुन बक्स फेला परेको र त्यसमा ५ सय वटा नाम नखुलेको एम्फेटामाइन ट्याब्लेट्स फेला परेको पनि एसपी श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार