Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अबैध लागूऔषधसहित दुई बंगलादेशी र दुई नेपाली पक्राउ

    अबैध लागूऔषधसहित दुई बंगलादेशी र दुई नेपाली पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 699
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणको लागूऔषधसहित दुई बंगलादेशी नागरिक र दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरोको निरन्तर निग्रानी तथा कार्वाहीको क्रममा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

    लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले माघ २४ गते दिउसो ३५ वर्षिय बंगलादेशी नागरिक मोहमद मामुन खानलाई बुढानिलकण्ठ नगरपालिका– ८ स्थित सडक किनाराबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट अबैध लागूऔषध एम्फेटामाईन (YABA) ९७ ट्याब्लेट ९९ ग्राम ६५० मिलिग्राम० बरामद गरेको जनाएको छ ।



    प्रहरीका अनुसार खानमाथि थप अनुसन्धानका क्रममा अर्का लागूऔषध कारोबारी बंगलादेशी नागरीक २७ वर्षिय मोहमद जोनी खान पक्राउ परेका हुन् । ब्यूरोको टोलीले मोहमदलाई वुढानिलकण्ठ नगरपालिका– ७ स्थित रहेको कोठाबाटै पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट अबैध लागूऔषध एम्फेटामाईन (YABA) १०३ ट्याब्लेट ९१० ग्राम २९० मिलिग्राम० बरामद गरेको जनाएको छ ।



    त्यसैगरी ब्यूरोको टोलीले माघ २४ गते नै बेसीशहर नगरपालिका–३, लमजुङ स्थायी घर भएका ४३ वर्षिय बिक्रम बहादुर थापा र सिद्धलेक गाउँपालिका–२, धादिङ स्थायी घर भएका ३९ वर्षिय पित नारायण श्रेष्ठलाई पनि अबैध लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई काठमाडौं–१४ खड्का गाउँस्थित सडक किनारबाट बा।६ च। ३८३ नम्बरको कार सहित पक्राउ गरेको हो ।

    प्रहरीले उक्त कार भित्र लुकाई राखेको नियन्त्रित लागूऔषध (DIAZEPAM, BUPRENORPHINE र PROMETHAZINE) ६०० एम्पुल पनि बरामद गरेको जनाएको छ । त्यसैगरी प्रहरीले श्रेष्ठको चन्द्रागीरी न।पा.– ५ स्थितमा रहेको कोठामा खानतलासी गर्दा ६००० एम्पुल अबैध लागूऔषध फेला परेको जनाएको छ ।

    लागूऔषध सहित पक्राउ परेका उनीहरुलाई लागूऔषध ९नियन्त्रण० ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भई रहेको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार