Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिरहाबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ

    सिरहाबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 981
    SHARES

    सिरहा । सिरहाबाट प्रहरीले भारी मात्रामा बिभिन्न लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका वडा नम्वर ७ बस्ने २५ बर्षीय नागेश्वर भगत र धनुषाको औरही नगरपालिक वडा नम्वर ५ बस्ने २९ बर्षीय रमन कुमार कर्ण रहेको प्रहरीले जनाएको छ ।



    प्रदेश नम्बर ०२–०२३– प. ९३९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई मोटरसाइकल चेकजाँच गर्ने क्रममा धनगढीमाई नगरपालिका वडा नम्वर १० बाट पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।



    उनीहरुको साथबाट नोफिन १९४ एम्पुल, प्रोमिथोजाईन ३४२ एम्पुल, डाईजोपाम ३८२ एम्पुल र लेवल नभएको १८२ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

    पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार