Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अवैध लागूऔषध चरेस र नक्कली मुद्रा तथा वन्यजन्तुका चिजवस्तुसहित लागूऔषध कारोबारी पक्राउ

    अवैध लागूऔषध चरेस र नक्कली मुद्रा तथा वन्यजन्तुका चिजवस्तुसहित लागूऔषध कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अवैध लागूऔषध चरेस तथा अमेरिका र नेपालका नक्कली मुद्रा र वन्यजन्तुका चिजवस्तुसहित १ जनालाई पक्राउ गरेको छ ।
    काठमाडौं उपत्यकामा लागूऔषधको अबैध कारोवार भइरहेको भन्ने सचूनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले बुधबार तार्केश्वर नगरपालिका–१० लोकत्रान्त्रीक चोकबाट सुकबहादुर तामाङलाई पक्राउ गरेको ब्यूरो प्रमुख एसएसपी विकासराज खनालले बताए ।
    खनियाबास–१ धादिङ घर भएका तामाङलाई पक्राउ गरी उनको शरीर र कोठा खानतलासी गर्दा विभिन्न लागूऔषध, नक्कली नोट, विभिन्न देशका मुद्राहरु र बन्यजन्तुका चिजबस्तु फेला परेका हुन् ।
    ब्यूरोका अनुसार तामाङको साथबाट उनी आफैले थाइल्याण्डबाट ल्याएको अबैध लागूऔषध एम्फेटापमाइम (आईसीई) ७९ ग्राम, चरेस ४ केजी ९४ ग्राम, गााँजा ९० ग्राम फेला परेको हो । त्यसैगरी उनको साथबाट नेपाली रुपैयाँ छ लाख पचहत्तर हजार, नक्कली अमेरीकन डलर २३६ थान, नक्कली नेपाली रुपैयाँ १००० दरको नोट १ थान फेला परेको ब्यूरो प्रमुख एसएसपी खनालले बताए ।
    त्यसैगरी तामाङको साथबाट ५० दरको पाकिस्तानी मुद्रा ६ थान र २० दरको नोट १ थान, १० दरको भुटानी मुद्रा १ थान र ५ दरको नोट २ थान, म्यानमारको १० दरको नोट, माल्दिप्सको २० दरको नोट, फिलिपिन्सको २० दरको नोट, यूएइको ५ दरको नोट, मलेसियाको १ दरको नोट, भारतको २०, १० र २ दरको नोट एक–एक थान बरामद भएका छ ।
    तामाङको साथबाट बन्यजन्तुका विभिन्न चिजबस्तुमा सालकको खपेटा ११ वटा, जनावरको दाँत जस्तो देखिने ठूलो दाँत ६ वटा, पंक्षीको खट्टा ३ वटा, जनावरको जस्ताो देखिने चारवाट दाँत सहितको हड्डी १ वटा, जनावरको खुट्टाको पञ्जा जस्तो देखिने चारवटा हड्डी सहितको वस्तु १ वटा र जनावरको हड्डी जस्तो देखिने टुक्राहरु ८ वटा बरामद भएका छन् ।

    पक्राउ परेका तामाङमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको र बन्यजन्तु चिजबस्तुमा जिल्ला बन कार्यालय तथा नक्कली मुद्रामा जिल्ला प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धानका लागि पठाउने कार्य भइरहेको ब्यूरोले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार