Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

स्थानीय तहको निर्णय अधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको कांग्रेस नेता केसीले आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उम्मेदवार चयन गर्ने प्रक्रियाबारे केन्द्रीय कार्यसम्पादन समिति बैठकमा फरक मत राखेका छन् ।

आइतबारको कार्य सम्पादन समितिको बैठकमा फरक मत राख्दै नेता केसीले स्थानीय इकाइको निर्णय विरुद्ध केन्द्रीय समितिले हस्तक्षेप गरेको बताएका छन् ।

उनले स्थानीय चुनावमा तालमेल गर्दा केन्द्रबाट हस्तक्षेप गरेकोमा विरोध गरेका हुन् । महानगर र उपमहानगरको तालमेल निर्णय गर्दा मापदण्डबारे पार्टीमा छलफल नभएको उनको आरोप छ ।

महानगरपालिका र उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच भएको तालमेल र भागबण्डाको मापदण्ड कार्यसम्पादन समितिमा प्रस्तुत नभएकामा पनि नेता केसीले फरक मत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077