Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ललितपुरको मेयरमा पहिलो दिन ८ जनाको उम्मेदवारी

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरका लागि आइतवार आठ जनाको उम्मेदवारी परेको छ । यस्तै उपमेयरमा तीन जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।

आज मेयरको पदमा उम्मेदवारी दर्ता गराउनेमा राप्रपाबाट अष्टबहादुर महर्जन, विवेकशील साझाबाट उज्जवल श्रेष्ठ, नेकपा मालेबाट मोहनराज शाक्य, नेमकिपाबाट अशोक महर्जन रहेका छन् ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका सनी कपुर महर्जन, आमूल परिवर्तन मसिहा पार्टीकी सपना महर्जन, मौलिक जरोकिलो पार्टीकी सपना श्रेष्ठ र स्वतन्त्रबाट सरिना लाखे श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयर पदमा मनोनयन दर्ता गराउनेमा राप्रपाकै स्वर्णिमा शाक्य, नेमकिपाकी ममिता श्रेष्ठ तथा स्वतन्त्र उम्मेदवार रत्न व्यञ्जनकार रहेका छन् । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077