Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक भएन, एकदिन हिसाब मिलान गर्नुपर्ने छ : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको टिप्पणी गरेकी छन् । नेकपा (एकीकृत समाजवादी) की नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् । आइतबार राति ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन् । सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ । आसन्न स्थानीय तह निर्वाचनको तालमेलका सन्दर्भमा गठबन्धनका केही नेताको अभिव्यक्ति अस्वाभाविक लागेको उनले संकेत गरेकी छन् । उनले चेतावनीपूर्ण शैलीमा 'एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ' पनि भनेकी छन् । उनले ट्विटमा लेखेकी छन्-''गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !''

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077