Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

म्याक्रों फेरि फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । इम्यानुअल म्याक्रों फेरि फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

समाचार संस्था एएफपीका अनुसार आइतबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोंले ५८.८ प्रतिशत मत पाए भने उनकी प्रतिष्पर्धी दक्षिणपन्थी उम्मेदवार मरिन लि पेनले ४१.२ प्रतिशत मत पाइन्।

बितेका दुई दशकमा फ्रान्सको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित हुने म्याक्रों पहिलो व्यक्ति हुन्। ३९ वर्षको उमेरमा पहिलो पटक सन् २०१७ मा उनी फ्रान्सको राष्ट्रपति भएका थिए। अहिले उनी ४४ वर्षका भए।

फ्रान्समा म्याक्रोंको विजयसँगै संसारभरका नेताहरूले उनलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077