Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

स्थानीय तह निर्वाचन : भक्तपुर कांग्रेसको उम्मेदवार टुंगो लाग्यो

काठमाडौं । नेपाली कांग्रेसले भक्तपुरमा मेयरको उम्मेदवार टुंग्याएको छ । कांग्रेस वाग्मती प्रदेश कार्यसमिति बैठकले नगर प्रमुखहरुको टुंगो लगाएको हो ।

जसअनुसार मध्यपुर थिमिको मेयरमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुरमा राम कासुलालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

उपमेयरतर्फ चाँगुनारायणमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाका उपमेयर भने माओवादी र समाजवादीलाई दिइएको छ ।

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । आज मनोनयन दर्ताको दोस्रो दिन प्रमुख दलहरुले उम्मेदवारी दर्ता गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077