Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रूस-युक्रेन युद्ध : दुई अमेरिकी मन्त्री आक्रमणको दुई महिनापछि पुगे युक्रेन

एजेन्सी । अमेरिकामा दुई जना मन्त्री रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किएभ पुगेका छन् ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लियोड अस्टिन आइतबार राजधानी किएभ पुगेका हुन् ।

उनीहरूले किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि विशेष सैन्य कारबाही भन्दै आक्रमण थालेको थियो।

रूसी आक्रमणपछि अमेरिकालगायत पश्चिमा मुलुकले रूसमाथि कडा प्रतिबन्ध लगाएका थिए भने युक्रेनलाई हतियारसहित विभिन्न सहायता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077