Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पोखरामा एमाले उम्मेदवार पौडेलको टिकट खोसियो, थापालाई उम्मेदवार बनाउने निर्णय

    पोखरामा एमाले उम्मेदवार पौडेलको टिकट खोसियो, थापालाई उम्मेदवार बनाउने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंग्याएको छ ।

    शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंग्याएको थियो ।



    तर, उपमेयर मञ्जुदेवीले आफू उपमेयरमा नउठ्ने बताएकी थिइन् भने मेयरका उम्मेदवार पौडेलले पोखरामा सुन सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि उम्मेदवार परिवर्तन गर्न नेतृत्वलाई दबाब बढेको थियो ।



    पार्टी अध्यक्षसहितका नेताहरुको गृहकार्यपछि त्यहाँ कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो।

    भने उपमेयरमा भने गुरूङ्गनै उम्मेदवार बनाउने निर्णय गरिएको बताइएको छ । मेयरमा प्रस्तावित थापा गण्डकी प्रदेश सभा सदस्यसमेत हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार