Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंबाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अध्यागमन विभागले बुढानिलकण्ठबाट १० जना पुरुष र १२ जना महिला गरी जम्मा २२ जनालाई पक्राउ गरेको हो ।

अध्यागमन विभागका अनुसार उनिहरुलाई गैर कानुनी काम गरेको आशंकाका आधारमा सोधपुछका लागि पक्राउ गरिएको हो ।

विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले मेरोन्यूजलाई भने,‘उनिहरुको भिजाको प्रोसेस कस्तो हो, याहाँ के गर्दैछन् र गैर कानुनी काम गरेको आशंका लागेर उनिहरुलाई सोधपुछका लागि ल्याएका हौँ । ’

उनिहरुलाई विभागले सोधपुछ गरिरहेको महानिर्देशक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077