Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४०६ एम्पुल र नाइट्राभेट १०५ ट्याब्लेट लागु औषधसहित १ जना ब्यक्ति पक्राउ

काठमाडौं- ४०६ एम्पुल र नाइट्राभेट १०५ ट्याब्लेट लागु औषधसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौ महानगरपालीका ३२ कोटेश्वर बस्ने बर्ष ३२का मुकुन्द के.सी रहेका छन् ।

सूचनाका आधारमा प्रहरी बृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले गत ९ गते के.सीलाई डायजेपाम२५ एम्पुल, फेनर्गन २५ एम्पुल र नुफिन २५ एम्पुल सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

साथै उक्त घटनामा स्कुटर चालकले छाडेको स्कुटरको डिक्कीमा चेकजाँच गर्दा डायजेपाम १३७ एम्पुल, फेनर्गन १४० एम्पुल, नुफिन १२९ एम्पुल र नाइट्राभेट १०५ ट्याब्लेट समेत फेला पारेको प्रहरी कार्यालयले जनाएको छ ।

केसीविरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी बृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भई रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077