Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कैलालीको लम्कीचुँहा नगरपालिकामा मेयरका लागि काँग्रेसबाट २ जनाको उम्मेदवारी

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा नेपाली काँग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

लम्कीचुहा नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट नै दुई जनाले मनोनयन दर्ता गरेका हुन् ।

लम्कीका निर्वाचन अधिकृत हिरालाल चौधरीले पनि काँग्रेसका दुई जनाले उम्मेदवारी दर्ता गरेको पुष्टि गरे।

भक्तबहादुर थापा र शुशीला शाहीले नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत चौधरीले बताए ।

शुशीला शाहीलाई पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र भक्त थापालाई प्रदेश सभापति वीरबहादुर बलायरले टिकट दिएको बताइएको थियो ।

कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले पार्टीले जसलाई आधिकारिक मान्छ उसले चुनाव लड्न पाउने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077