Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कैलालीको लम्कीचुँहा नगरपालिकामा मेयरका लागि काँग्रेसबाट २ जनाको उम्मेदवारी

    कैलालीको लम्कीचुँहा नगरपालिकामा मेयरका लागि काँग्रेसबाट २ जनाको उम्मेदवारी

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.5K
    SHARES

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा नेपाली काँग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

    लम्कीचुहा नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट नै दुई जनाले मनोनयन दर्ता गरेका हुन् ।



    लम्कीका निर्वाचन अधिकृत हिरालाल चौधरीले पनि काँग्रेसका दुई जनाले उम्मेदवारी दर्ता गरेको पुष्टि गरे।



    भक्तबहादुर थापा र शुशीला शाहीले नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत चौधरीले बताए ।

    शुशीला शाहीलाई पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र भक्त थापालाई प्रदेश सभापति वीरबहादुर बलायरले टिकट दिएको बताइएको थियो ।

    कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले पार्टीले जसलाई आधिकारिक मान्छ उसले चुनाव लड्न पाउने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार