Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ललितपुर महानगरका मेयर उम्मेदवार महर्जनविरूद्ध बेरूजुसम्बन्धी उजुरी

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट उम्मेदवार रहेका चिरीबाबु महर्जनविरूद्ध उजुरी परेको छ ।

मेयर पदका उम्मेदवार महर्जनविरूद्ध बेरूजुसम्बन्धी उजुरी परेको हो । उनीविरूद्ध बेरूजुसम्बन्धी उजुरी परेको ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले जानकारी दिए ।

निवर्तमान मेयर समेत रहेका महर्जनको कार्यकालमा बेरूजु रहेको भन्दै उनीविरूद्ध उजुरी परेको हो। बेरूजुसम्बन्धी उजुरी परेको बताउँदै मुख्य निर्वाचन अधिकृत शिवाकोटीले त्यसको अध्ययन भोलिमात्रै गर्ने बताए ।

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचनको आचारसंहिताको परिच्छेद ९ को धारामा ४७ मा बेरूजु फर्छ्यौट गर्नुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077