Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ।

जसका कारण बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, दिउँसो प्रदेश १ का पहाडी भूभागका केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहनेछ ।

साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077