Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुस-युक्रेन युद्ध : रुसी कम्पनीले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति रोक्ने

एजेन्सी । रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियामा बुधबारदेखि ग्यास आपूर्ति रोक्ने भएको छ।

रूसले मित्रवत् व्यवहार नगर्ने देशहरूले कि, रुबेलमा भुक्तानी गर्नुपर्ने नभए आपूर्ति कटौती गर्ने बताएको थियो। दुवै देशले रूबेलमा भुक्तानी गर्न अस्वीकार गरेसँगै आजबाट आपूर्ति रोकिने भएको हो।

पोल्यान्डको सरकारी ग्याँस कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबैखाले ग्याँस आपूर्ति रोकिने बताइसकेको छ।

यस्तै बुल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द हुने जानकारी दिइएको छ। पोल्याण्ड र बुल्गेरिया ग्याँस आयातमा मुख्यत रूसी कम्पनी ग्याजप्रोममाथि निर्भर छन्।

पीजीएनआईजीले आपूर्ति रोक्ने कार्यलाई सम्झौताको उल्लंघनका रूपमा लिँदै ग्याँस आपूर्तिलाई पुनर्स्थापित गर्न कदम चाल्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077