Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रथ यात्रामा करेन्ट लाग्दा २ बालबालिकासहित ११ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुको जन्जावुरमा एक मन्दिरको रथयात्राको क्रममा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएको छ।

वार्षिक उत्सवको क्रममा रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ पुगेपछि करेन्ट लागेको थियो।
यो घटनामा मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

तिरुचिरापल्लीका सेन्ट्रल जोन आईसजी वी बालाकृष्णनका अनुसार यो घटनामा थप १५ जना मानिसहरु घाइते भएका छन्।

यसैबीच तमिलनाडुका मुख्यमन्त्री एम के स्टालिनले पीडित परिवारलाई जनही ५ लाख सहायता दिने बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077