Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हामीलाई स–साना काम गर्ने मेयर साथी चाहिएको हो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकामा स–साना काम गर्ने इच्छाशक्ति भएको मेयर चाहिएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महामन्त्री थापाले काठमाडौंमा साना साना समस्याको समाधान गरिदिने मेयर आवश्यक भएको बताए ।

महामन्त्री थापाले भने ‘काठमाडौंमा जता फर्किए पनि समस्या मात्रै छन्, त्यसैले मलाई लाग्छ हामीलाई ठूला(ठूला सपनामात्रै बाँड्ने मेयर साप चाहिएको होइन, स–साना काम गर्ने मेयर साथी चाहिएको हो,’।

महामन्त्री थापाले काठमाडौंमा सडक, फुटपाथ, ढल, शिक्षा स्वास्थ्य जस्ता समस्याहरूको पहिचान गरी दिगो समाधान गर्ने नेतृत्व आवश्यक रहेको बताए । ‘

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077