Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनलाई सैन्य, आर्थिक र मानवीय सहयोग गर्न बाइडेनले मागे ३३ अर्ब डलर

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि सैन्य, आर्थिक र मानवीय सहयोगका लागि कंग्रेससँग ३३ अर्ब डलर माग गरेका छन् ।

यद्यपि उनले अमेरिकाले रुसमाथि आक्रमण नगर्ने अडान दोहोर्‍याएका छन् ।

युक्रेनलाई बलियो बनाउन आफ्नो प्रस्तावलाई कंग्रेसले अनुमोदन गर्नैपर्ने बाइडेनको भनाइ छ ।

प्रस्तावमा २० अर्ब डलर भन्दा बढी सैन्य सहयोग, ८ अर्ब ५० करोड डलर आर्थिक सहयोग र ३ अर्ब डलर मानवीय सहयोग उल्लेख गरिएको छ ।

बिहीबार रुसी विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनका लागि पश्चिमी सैनिक सहयोगले महादेशको सुरक्षालाई खतरा पुर्‍याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077