Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रसंघका महासचिवको भ्रमणका बीच किएभमा मिसाइल आक्रमण

एजेन्सी । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमाथि भइरहको रुसी आक्रमण रोक्न नसकेकोमा आफ्नै सङ्गठन अन्तर्गत रहेको सुरक्षा परिषद्को आलोचना गरेका छन् ।

युक्रेनमा रुसले आक्रमण गरेका मुख्य सहरको भ्रमण र राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँगको भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् युद्ध रोक्न असफल भएको भन्दै आलोचना गरेका हुन् ।

उनले युक्रेन अहिले ठूलो निराशा र क्रोधको केन्द्र बनिरहेको बताए । १५ सदस्यीय सुरक्षा परिषद्लाई विश्वव्यापी शान्ति र सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी दिए पनि युक्रेन युद्धमा सुरक्षा परिषद्ले केही गर्न नसकेको गुटेरेसको भनाई छ ।

तर शान्ति कायम गर्ने यात्रामा कहिल्यै हार मान्न नहुने भन्दै उनले सुरक्षा परिषद्ले सक्दो काम नगरे पनि राष्ट्र सङ्घका अरु निकायले भने मानवीयताका थुप्रै काम गरिएकोबताए । पत्रकार सम्मेलन चलिरहेकै बेला राजधानी किएभमा दुई वटा ठूला विस्फोट हुँदा हल हल्लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077