Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुजिता मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनका आरोपितले पाए सफाई

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहन मुद्दा खेपेका सचिन भनिने सुकदेव भण्डारीले सफाई पाएका छन् ।

न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले सुकदेवलाई सफाई दिएको हो ।

सुजितालाई आत्महत्या गर्न वाध्य बनाइएको भन्दै उनले जेठाजु (सुजिताको ठुलोबुवा) का छोरा सुकदेवविरुद्ध जाहेरी दिएकी थिइन् ।

सुजिता मृत्‍यु प्रकरणमा उनकै ठूलोबुवाका छोरा सुकदेवविरुद्ध साउन ६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनको जाहेरी परेको थियो।

गत असार ११ गते हराएकी सुजिताको शव २० गते आइतबार दिउँसो ब्रम्स्थानी सामुदायीक वनमा भेटिएको थियो । प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने बिषादीको बोतल, झोला र उनले प्रयोग गर्ने गरेको मोबाइल फेला पारेको थियो।

२१ गते प्रहरीले शव पोष्टमाटमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवी शिक्षण अस्पताल पठाएको थियो । पोष्टमाटममा सुजिताको शरीरमा कुनै पनि किसिमको चोटपटक नदेखिएपछि प्रहरीले प्रेमसम्बन्धकै कारण सुजिताले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा सुजिता र सुकदेव लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खुलेको थियो । असार ९ गते सुजिताले सुकदेवलाई विवाह गर्न प्रस्ताव गरे पछि सोही बिषयमा दुईबीच विवाद भएको थियो । विवाह नगरे सुजिताले मर्ने धम्की दिएको र सुकेदेवले जे सुकै गर भनेका थिए । त्यसपछि ११ गते घरबाट निस्किएकी सुजिता २० गते मृत फेला परेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077