Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हिमालय एयरलाइन्सको शौचालयमा २ केजी सुन, सफाइ कर्मचारीदेखि ट्याक्सी चालकसम्म पक्राउ

काठमाडौं । दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा दुई केजी भन्दा बढी अवैध सुन भेटिएको छ ।

शौचालयभित्र राखिएको डस्टबिनमा २ केजी २ सय ३२ ग्राम सुन लुकाएर राखेको अवस्थामा फेला परेको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रहरीले विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा याङवरक–५, पाँचथरका २८ वर्षीय भीमकुमार माबो, तादी–५, नुवाकोटका २७ वर्षीय सुमन तामाङ, लिम्चुङबुङका–२, उदयपुरका २८ वर्षीय राजेश राई, गौरिशंकर–२, दोलखाका ४१ वर्षिय हेमबहादुर थापा र सुरुङ्गा–४, सप्तरीका ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन् ।

चौधरी हिमालय एयरलाइन्सको विमानमा सफाइ कर्मचारी उपलब्ध गराउने कम्पनी सुनगाभा सप्लायर्स एन्ड सरसफाइका सुपरभाइजर हुन् भने माबो र तामाङ सरसफाइ कामदार हुन् ।

विमानस्थल प्रहरीका अनुसार भीमकुमारले विमानको शौचालयभित्र रहेको डस्टबिनमा राखिएको सुन लिएर बाहिर आएको र फोहोर जम्मा गर्ने ठाउँमा सुमनसँग बाँडेर बाहिर पास गर्न खोजेका थिए ।

ट्याक्सी चालक थापा र राई सुन लिन बाहिर कुरिरहेको अवस्थामा पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

बरामद भएको सुन कसको हो भन्ने अझै खुल्न सकेको छैन । पक्राउ परेका पाँचै जनाभाथि अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077