Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुबई पठाईदिन्छु भनि ९ लाख बढी रकम ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । विदेश पठाईदिन्छु भनि रकम ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको विरगञ्ज घर भई हाल ललितपुर बस्ने ३३ वर्षीय विकास तामाङ र सोहि ठाँउ बस्ने ६० वर्षीय हरी बहादुर तामाङ रहेका छन् ।

उनिहरुले ५ जनालाई भिजिट भिषामा ( युनाइटेड अरब इमिरेट्स ) दुबई पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाख ९० हजार रुपैयाँका दरले ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।

पिडितको उजुरिका आधारमा वैदेशिक रोजगार विभागको पत्राचारमा गत बैशाख १५ र १६ गते दुवै जनालाई पक्राउ गरि अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077