Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अल्मुताइरीले प्रशिक्षणमा बोलाए १७ नयाँ खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ १७ जना खेलाडी लाई प्रशिक्षणमा बोलाएका छन् ।

प्रशिक्षकले मानसिक दबाव दिएको भन्दै १० जना खेलाडीले प्रशिक्षण छाडेका थिए ।थप गरिएका १७ खेलाडीले बिहीबारबाटै प्रशिक्षण सुरु गरिसकेका छन् ।

टिममा बोलाइएका नयाँ खेलाडीमा विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जर्घा मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशील राई छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077