Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमा, कम उपत्यकामा

काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।

सात प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लालाई फरकफरक संख्या बाँडफाँट गरेर स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई फिल्डमा खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।

सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशका आठ जिल्लामा खटाइएको छ ।सो प्रदेशमा २१ हजार म्यादी खटाइएको छ ।

यसैगरी, सबैभन्दा कम संख्यामा काठमाडौं उपत्यकाका तीन जिल्लामा म्यादी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ४ हजार ७ सय ११ जना म्यादी प्रहरी खटाइएको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077