काठमाडौं । प्रहरीले काठमाडौंको बालाजुबाट स्रोत नखुलेको १६ लाख नगदसहित दुई जनालाई पक्राउ गरेका छे । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान पौने ३ बजे काठमाडौं महानगरपालिका(–१६ माछापोखरी कुमारीस्थानस्थित सडकबाट दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११, चितवन घर भई तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने २३ वर्षीय सागर जादव रहेको परिसरले जनाएको छ ।
उनीहरू हिंडाइप््रति शंका गरेर प्रहरीले चेकजाँच गर्दा स्रोत नखुलेको १६ लाख नगद फेला परेको प्ररिसरले जनाएको छ । उनीहरुसँग भएको नगदको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई प्रहरी बृत्त बालाजुमा राखेर थप अनुसन्धान अघि बढाएको पनि परिसरले जनएको छ