Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जिम्बावे ‘ए’ विरूद्वको टी२० सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । जिम्बाबे 'ए' विरुद्धको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो।

नेपालले घरेलु मैदानमा तीन टी२० र तीन एकदिवसीय सिरिज खेल्दै छ । शनिबार नेपाल र जिम्बावेबीच पहिलो एकदिवसीय खेल हुने भनिए पनि वर्षाका कारण टससमेत नभइ खेल स्थगित भएको थियो ।

त्यसपछि क्यानले खेलतालिका परिमार्जन गर्दै एकदिवसीय अगाडि तीन टी२० सिरिज गर्ने घोषणा गरेको थियो ।

नेपाली टी-२० टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदील अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, शाहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077