Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनमा प्रचारप्रसार गर्ने सामाजिक सञ्जालको ‘अकाउन्ट’ विवरण माग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले निर्वाचनमा प्रचारप्रसार गर्ने सामाजिक सञ्जालको ‘अकाउन्ट’ विवरण माग गरेको छ ।

उम्मेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा विवरण बुझाउनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

‘राजनीतिक दल र उमेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचारप्रसार गर्न सामाजिक सञ्जाल खाताको प्रयोग गर्ने भएमा उमेदवारको अन्तिम सूचना भएको २४ घण्टाभित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उमेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा विवरण अनिवार्य बुझाउन निर्देशन दिइएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077