Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल प्रहरी र सशस्त्रका नवनियुक्त आईजीपीले सोमबार विहान ‘फुली’ लगाउने

    नेपाल प्रहरी र सशस्त्रका नवनियुक्त आईजीपीले सोमबार विहान ‘फुली’ लगाउने

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ले सोमबार विहान दर्ज्यानी चिन्ह लगाउन भएका छन् ।

    नवनियुक्त दुवैआईजीपीले सिंहदरबास्थित गृह मन्त्रालयमा भोलि विहान ८ः४५ बजे गृहसचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा एआईजी राजु अर्याललाई नियुक्त गरेको थियो ।



    सिंहको बढुवामा अर्का एआईजी विश्वराज पोख्रेल र सहकुल थापा असन्तुष्ट देखिएका छन्। सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जानेसम्मको तयारी उनीहरुको छ ।

    गृहमन्त्री खाँणले ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्र आईजीपी पुष्पराम केसीलाई आइतबारै मन्त्रालयमा बिदाइ गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार