Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्वोच्च अदालत खुल्नुअघि नै नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न

    सर्वोच्च अदालत खुल्नुअघि नै नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिह्न लगाउँदै छन् ।

    गृह मन्त्रालयले बिहान ८ बजेर ४५ मिनेटमा दर्ज्यानी चिह्न प्रदान गर्नेछ । सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।



    सिंहको बढुवामा अर्का एआईजी विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट भएका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने उनीहरुको तयारी छ ।



    अदालतमा आज रिट परेर आज नै पेशी तोकिए सर्वोच्चले दर्ज्यानी चिह्न लगाउनै रोक्न सक्ने भएकाले बिहानै कार्यक्रम तय भएको बुझिएको छ ।

    यसअघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा सर्वोच्चले रोक लगाएको थियो । यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि आज दर्ज्यानी चिह्न लगाउने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार