Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० सिरिज : भ्रमणकारी जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । टी–२० सिरिजअन्तर्गत नेपाल र जिम्बावे ‘ए’ ले दोस्रो खेल आज खेल्दैछन् । नेपालले दोस्रो टी२० सिरिज अन्तर्गत आज जिम्बावेविरुद्ध खेल्न लागेको हो । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो।यद्यपि आज मौसम सफा नभएकाले खेल निर्धारित समयमै हुने सम्भावना कम छ ।

बिहानैदेखि काठमाडौंमा पानी परिरहेको छ । सिरिजमा जीवित रहन नेपालले आजको खेल जित्नैपर्ने दबावमा छ ।

आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अर्को महिना अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग खेलिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077