Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मारिओपोलको स्टिल कारखानाबाट दर्जनौँ सर्वसाधारणको उद्दार

एजेन्सी । युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोलबाट दर्जनौं नागरिकलाई उद्दार गरिएको छ ।

मारिओपोलस्थित एउटा उद्योग परिसरमा फसेकामध्ये केहीको उद्दार भएको हो । रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा ठूलो समूह युक्रेनको नियन्त्रणमा रहेको जापोरिज्जियातर्फ लागेको बताएका छन् । करिव एक सय जनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ’, उनले ट्विट गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘भोलि सोमबा हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ । हाम्रो टोलीलाई धन्यवाद ! अब तिनीहरू राष्ट्रसँग मिलेर कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन् । ’

राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077