Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • वायु सेवा निगमका कार्यकारी अध्यक्षको मानसिक यातनाका कारण कर्मचारी बेहोस !

    वायु सेवा निगमका कार्यकारी अध्यक्षको मानसिक यातनाका कारण कर्मचारी बेहोस !

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मानसिक यातना दिएपछि निगमका एक कर्मचारी उनकै कार्यकक्षमा बेहोस भएका छन् ।

    अधिकारीले निगमसँग जोडिएको आफ्नो गोप्य सूचना लिक गराएको आरोपमा ति कर्मचारीलाई यस अघि पनि पटक–पटक मानसिक यातना दिएको कर्मचारीहरुकै आरोप छ ।



    यस अघि पटक–पटक कार्यकक्षमा बोलाएर दुव्र्यवार गरेको र सोमबार पनि कार्यकारी अध्यक्षले आफ्नै कार्यकक्षमा बोलाएपछि ओझा थरका ति कर्मचारी बेहोस भएर ढलेको निगम कर्मचारी संघले जनाएको छ ।



    वेहोस भएर ढलेका उनलाई अधिकारी आफैले मोडेल अस्पताल लगेका छन् । निगमसँगै रहेको वीर अस्पताललाई छाडेर कार्यकारी अध्यक्ष अधिकारीले मोडल अस्पताल पु¥याएको भन्दै निगमका कर्मचारीले विरोध गरिरहेका छन् ।

    कर्मचारीहरुले मोडलमा अधिकारीकी पत्नी कार्यरत रहेकाले षड्यन्त्रपूर्वक ल्याइएको आरोप लगाएर अहिले अस्पताल घेराउ गरेका छन् ।

    ओझामाथि मानसिक दबाब परेको कर्मचारी संघको दावी छ । केही दिनअघि पर्यथनमन्त्री प्रेम आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेका थिए । सोही सूचना लिक गराएको आरोपमा अधिकारीले उनलाई मानसिक यातना दिएको कर्मचारीहरुको आरोप छ ।

    मिडियामा आएको समाचारका लिंक ति कर्मचारी संघको मेसेन्जर ग्रुपमा हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार