Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेस काउन्सिल नेपालका अध्यक्ष केन्या प्रस्थान

काठमाडौं । विश्व प्रेस काउन्सिलको वार्षिक साधारण सभामा भाग लिन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत सोमबार केन्याको राजधानी नैराबीतर्फ प्रस्थान गरेका छन् ।

मिडिया काउन्सिल अफ केन्याको निमन्त्रणामा अध्यक्ष बस्नेतको टोली केन्या प्रस्थान गरेको हो ।

३ दिने उक्त सभामा अध्यक्ष बस्नेतले नेपालको पत्रकारिता र आमसञ्चार माध्यमको पछिल्लो अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

टोलीमा काउन्सिल सदस्य ठाकुरप्रसाद बेलबासेसमेत रहेका छन् । विश्व प्रेस काउन्सिलको बैठक यसअघि सन् २०१९ सेप्टेम्बरमा अजरबैजानको बाकूमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077