Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयोगले गर्यो शशांक कोइराला र कांग्रेसलाई सचेत गराउने निर्णय

    आयोगले गर्यो शशांक कोइराला र कांग्रेसलाई सचेत गराउने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । निर्वाचन आयोगले कांग्रेस नेता शशांक कोइरालाले निर्वाचन आचारसंहितामाथि अनास्था फैलाएको बताएको छ।

    कोइरालाले सार्वजनिक रुपमा प्रतिनिधिसभाको अघिल्लो चुनावमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि आयोगले उनलाई पत्र काट्दै स्पष्टिकरण सोधेको थियो ।



    कोइरालाले निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम पेस गरेको निर्वाचन खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका थिए ।



    तर उनले त्यसभन्दा बढी खर्च भएको बताएपछि आयोगले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा पनि चित्तबुझ्दो जवाफ नपाएपछि आयोगले कोइराला र उनको दल कांग्रेसलाई सचेत गराउने निर्णय गरेको हो ।

    सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नेता कोइरालाले दिएको अभिव्यक्ति ‘आचारसंहिताको मूल आधारमाथि नै अनास्था पैदा हुने देखिएको’ बताउँदै आगामी दिनहरूमा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार