Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईजीपी नियुक्त विवाद : एआईजी थापा काममा फर्कन सहमत

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापा बुधबारबाट काममा फर्किने भएका छन् ।

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने भएका छन् ।

सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फर्कने बताएका हुन् ।

‘म बुधबारबाट संगठनको पूर्ववत काममा फर्कन्छु,’ अतिरिक्त महानिरीक्षक थापाले भने, ‘मंगलबार सरकारी बिदा छ । बुधबार हाजिर गरेर काम सम्हाल्छु ।’ उनी प्रहरीको कार्य विभाग प्रमुख हुन् ।

एआइजी विश्वराज पोखरेलले भने सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077